अस्ट्रेलियामा नदीमा डुबेर २ जना नेपालीको मृत्यु, भत्तपुरमा स्कुटरको ठक्करबाट भारतीय नागरिकको ज्यान गायो

काठमाडौं, पुस १९ । अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको सिड्नीस्थित नदीमा डुबेर जना नेपालीको मृत्यु भएको छ । स्थानीय विद्यार्थी दिपेश प्रसाईका अनुसार काठमाडौंका रोशन छत्कुली र विशाल सेढाँईको मृत्यु भएको हो ।

एक जनाको जिवितै उद्दार गरिएको छ । न्यु साउथ वेल्स प्रहरीका अनुसार अप्ठेरो अवस्थामा स्वास लिँदै गर्दा प्रहरीको टोलीले एक जनाको उद्दार गरेको थियो ।

उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । उपचाररतको नाम खुलेको छैन ।

यता स्कुटरको ठक्करबाट एक जना भारतीय नागरिको मृत्यु भएको छ । शनिबार भक्तपुर नगरपालिका वडा नम्बर १, सिर्जनानगरस्थित अरनीको राजमार्गमा भारतीय एन एल ०१ ए डी ५९१८ नम्बरको कन्टेनरका सहचालक जिल्ला फरकुवाबाद भारत बस्ने बर्ष २५ नरेन्द्र पालको मृत्यु भएको हो ।

गाडी पछाडि हटाउनका लागि साईड माग्ने क्रममा सोही दिशाबाट आईरहेको बा ९२ प ३४०९ नं.को स्कुटीले सहचालक पाललाई ठक्कर दिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

ठक्कर दिदा घाइते भएका सहचालकलाई उपचारका लागि डा.ईवामुरा मेमोरियल अस्पताल भक्तपुर ल्याइएकोमा उपचारकै उनको मृत्यु भएको हो ।

प्रहरीले स्कुटर चालक भक्तपुरको सूर्य्विनायक नगरपालिाका ९ नलिनचोकका ३८ वर्षीय बसन्त देउजा र स्कुटरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्