आइतबार सार्वजनिक बिदा

काठमाडौं। पुस १८ । २०२० को शुभारम्भका अवसरमा धरानमा आइतबार सार्वजनिक बिदा हुने भएको छ ।

धरान उपमहानगरपालिकाले भ्रमण वर्ष २०२० को शुभारम्भका अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

उपमहानगरले शुक्रबार सूचना जारी गर्दै भ्रमण वर्षसँगै आयोजित धरान महोत्सवका अवसरमा यही पुस २० गते सार्वजनिक बिदा दिएको हो। उपमहानगरको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्