सेयर बजारमा तीन अंकको गिरावट

काठमाडौं , पुस १७ । नेप्सेमा आज तिन अंकको गिरावट आएको छ । साताको अन्तिम दिन सेयर बजारमा तीन अंकको गिरावट आएको हो ।

नेप्से ३ दशमलब २९ अंकले घटेर १ हजार १ सय ६६ दशमलब २१ अंकमा पुगेको हो । नेप्से घटेको दिन सेन्सिटिभ इन्डेक्स पनि १ दशमलब १० अंकले घटेर २ सय ५२ दशमलब १८ अंकमा पुगेको छ ।

बिहीबार बजारमा १ सय ७० कम्पनीका १६ लाख ६० हजार ४ सय ६ कित्ता सेयर ५३ करोड २२ लाख ११ हजार २ सय ११ रुपैयाँमा कारोबार भए । नेप्से घटेको दिन बजारमा कारोबारमा आएका १२ वटा समूहगत उपसुचकमध्ये तीन समूह उकालो लागे भने नौं समूह ओरालो लागे । शिवम् सिमेन्टका लगानीकर्ताले सर्वा्धिक कमाए । कम्पनीको सेयर ९ करोड २१ लाख ४९ हजार ७ सय ५९ रुपैयाँमा कारोबार भएको छ ।

जोशी हाइड्रो पावरका लगानीकर्ताले सर्वाधिक ८ दशमलब ३३ प्रतिशत कमाए । त्यसैगरी, हाइड्रो इलेक्टिसिटीका लगानीकर्ताले सर्वा्धिक सात दशमलब ५८ प्रतिशत सेयर मूल्य गुमाए ।

प्रतिक्रिया दिनुहोस्