नेप्सेमा आज सामान्य अंकको सुधार

काठमाडौं, पुस १६ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य अंकको सुधार देखिएको छ। परिसूचक ३ दशमलव ४७ अंकले बढेर १ हजार १ सय ६९ दशमलव ५० अंकमा कायम भएको छ।

बुधबार १ सय ७६ वटा कम्पनीको ११ लाख ७५ लाख ३ सय १३ कित्ता सेयर ६ हजार १ सय ७४ पटक खरिदबिक्री हुँदा ३७ करोड २९ लाख ८८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
वित्त समूह, निर्जीवन बिमा समूह, अन्य समूह र जिवन बिमा समूह क्रमशः शून्य दशमलव ९, २७ दशमलव ८२, १ दशमलव ७९ र ८२ दशमलव ३६ अंकले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै ओरेन्टल होटल लिमिटेडको २ करोड ९५ लाख ४१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

बुधबारको कारोबारमा सबैभन्दा धेरै हायात रिजेन्सी होटलका लगानीकर्ताले प्रतिकित्ता ९ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा बढी गुमाउनेमा गुडविल फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ५ दशमलव ७९ प्रतिशतका दरले गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्