महतोको चेतावनी- उखु किसानले भुक्तानी नपाए भयावह स्थिति सिर्जना हुन्छ

काठमाडौं, पुस १६ । यति बेला उखु किसान काठमाडौंमा आएका छन् , वर्षोदेखिको आफ्नो कमाइको मुल्य नपाएको भन्दै उनीहरु राज्यसंग गुहार माग्न काठमाडौं आएका हु्न । उनीहरुले आफुहरुले उखुको भुक्तानि नपाएको भन्दै धर्ना दिएका छन् ।

यसैबीच सरकारले उखु संचलकलाई पक्रन निर्देहशन दिएको छ ।यता राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले चिनी मिलबाट पीडित बनेका किसानले उखुको भुक्तानी नपाए भयावह स्थिति उत्पन्न हुने चेतावनी दिएका छन् ।

बुधबार एक विज्ञप्ती जारी गर्दै अध्यक्ष मण्डलका संयोजक महतोले उखु किसानहरुले वर्षौंदेखि चिनी मिलबाट भुक्तानी नपाएको उल्लेख गर्दै किसानहरुलाई राज्यका तर्फबाट अनुदान समेत उपलब्ध गराइनुपर्ने माग अगाडि सारेका छन् ।

‘उखु किसानले विगत कैयौं वर्षदेखि आफ्नो उखुको भुक्तानी नपाएकाले सुगर मिलका मालिकहरुसँग ब्याज र सरकारी अनुदानसहित भुक्तानी गराउन राज्यको दायित्व भएकाले तत्काल सरकारलाई पहलकदमी लिन जोडदार माग गर्दछु,’ संयोजक महतद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘अन्यथा यसबाट उत्पन्न हुने भयावह परिस्थितिको लागि सरकार स्वयं जिम्मेवार हुनेछ ।’

संयोजक महतोले चिनी मिलका किसानबाट उखु किसानलाई उखुको मूल्यसहित ब्याज समेत उपलब्ध गराइनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्