माधव नेपाललाई भ्रष्टाचार मुद्दामा वारेस राख्न अनुमति

काठमाडौं, १३ कार्तिक । विशेष अदालतले पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधव कुमार नेपाललाई भ्रष्टाचार मुद्दामा एक पटकका लागि वारेस राख्न अनुमति दिएको छ ।

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले नेपालको निवेदनमाथिको सुनुवाइपछि १९ कात्तिकको तारिखका लागि वारेसको अनुमति दिएको हो । उक्त मितिमा आफू देशबाहिर हुने भन्दै नेपालले वारेस राख्ने अनुमति मागेका थिए ।

पूर्वप्रधानमन्त्री नेपालमाथि पतञ्जली योगपीठको हदम्यादभन्दा बढीको जग्गा सट्टापट्टाको अनुमति दिँदा भ्रष्टाचार गरेको आरोप छ । डेढ वर्षदेखि त्यो मुद्दा विशेष अदालतमा विचाराधीन छ ।

प्रतिक्रिया दिनुहोस्