पश्चिमी वायूको आंशिक प्रभाव, तराई भूभाग, उपत्यका हुस्सु र कुहिरो

काठमाडौं, ८ मंसिर । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, देशको हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ, बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा छ । तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।

आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहनेछ । आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ, बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु र कुहिरो लाग्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्