सभापति रवि लामिछाने र सभामुख डोलप्रसाद अर्यालबीच २० मिनेटको भेट, के पाक्दैछ चिखडी ?
काठमाडौं, १२ कार्तिक। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सभामुख डोलप्रसाद अर्याललाई भेट्न उनकै कार्यकक्ष सिंहदरबार पुगेका छन् ।
सभामुखको सचिवालयका अनुसार रास्वपा सभापति लामिछानेसँग सभामुखको करिब २० मिनेट भेट भयो । अनौपचारिक भेट भएको सभामुखको सचिवालयले जनाएको छ ।
तर भेटका क्रममा के कु्रा भयो त्यो भने सार्वजनिक भएको छैन । यसले केही खिचडी पाक्दै छ भन्ने संकेत गरेको छ ।
यसअघि बुधबार रास्वपा सभापति लामिछानेसँग प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को चार घण्टा लामो भेट भएको थियो । त्यसको भोलिपल्ट सभापति लामिछाने सभामुख अर्याल भेट्न सिंहदरवार पुगेका हुन् ।






















प्रतिक्रिया दिनुहोस्