कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
काठमाडौं, ८ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।
मंगलबार दिउँसो १ बजेका लागि बैठक डाकिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
उनका अनुसार बैठक ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने छ ।
बैठकमा स्थानीय तहको निर्वाचनको तयारी, सरकारको काम र शैलीको समीक्षा, पार्टीले सञ्चालन गर्न लागेको ‘हामी तयार छौं’ अभियानको सञ्चालन मोडालिटी,बाढी प्रभावितका लागि पुनर्वास, सुकुम्बासीका समस्या लगायतका एजेन्डामा छलफल हुने महामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।























प्रतिक्रिया दिनुहोस्