काँग्रेसले हलभित्र सोफामा बसेर ताली बजाउने शुभकामना कार्यक्रमहरू नगर्ने घोषणा
काठमाडौं, १२ कार्तिक। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीले अब हलभित्र सोफामा बसेर ताली बजाउने परम्परागत शुभकामना आदानप्रदान कार्यक्रमहरू नगर्ने घोषणा गरेका छन् ।
तर, सरसफाइ, विपन्नलाई सहयोग वा अन्य समुदायसँग प्रत्यक्ष जोडिने रचनात्मक कार्यक्रमहरू आयोजना गरिएमा मात्र सहभागी हुन भने उनले कार्यकर्ता पंक्तिलाई निर्देशन दिएका छन् ।
नयाँ कार्यसमिति सदस्यहरूको शपथ ग्रहणपछि पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा सभापति थापाले ‘हामी तयार छौँ’ भन्ने सन्देशसहित मंसिर महिनाभरि देशव्यापी अभियान सञ्चालन गरिने बताएका हुन् ।
जनता र पार्टीलाई जोड्नका लागी मंसिर महिनाभरि देशव्यापी अभियान सञ्चालन गरिने बताएका छन् ।
छिट्टै पार्टीको पूर्ण बैठक बसेर रीतपूर्वक सबैको धारणा सुुन्ने र त्यसका आधारमा ४ वर्षको क्यालेन्डर बनाएर अनुशासित रूपमा काम अगाडि बढाइने उल्लेख गरे ।
प्रतिपक्षको मुख्य जिम्मेवारी सरकारमाथिको निगरानी गर्नु भएकाले कानुनको शासन उल्लंघनविरुद्ध कांग्रेसले सशक्त रूपमा उभिएर यो भूमिका निर्वाह गर्ने उनले बताए ।
त्यस्तै, उनले तिहार र छठलगत्तै लिडरसिप एकेडेमी , इलेक्सन ब्युरो र गभर्नन्स इन्स्टिच्युटले काम सुरु गर्ने जानकारी दिए । नेतारकार्यकर्ताको रुचिअनुसार कार्य विभाजन गरिने र सह–महामन्त्रीहरूलाई स्पष्ट कार्ययोजनाका साथ आवश्यक जिम्मेवारी तोकिने उनले बताए ।






















प्रतिक्रिया दिनुहोस्