२ किलो ‘नक्कली’ सुनसहित १ जना पक्राउ

काठमाडौं, पुस १५ । कैलालीको धनगढीमा २ किलो ४ सय ग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित १ जना पक्राउ परेका छन् ।

धनगढी बसपार्कबाट १ जनालाई २ किलो सुनजस्तो देखिने पहेँलो धातुसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाश ठाकुरले जानकारी दिए ।

प्रारम्भिक परीक्षणका क्रममा बरामद भएको बस्तु नक्कली सुन भएको भेटिएको इन्सपेक्टर ठाकुरको भनाइ छ ।

प्रहरीले सुनजस्तो देखिने बस्तुसहित १ जना पक्राउ गरेको जनाए पनि नाम भने सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्