निर्मलाका हत्यारालाई कारबाही गरेरै छाड्छौः सञ्चारमन्त्री बास्कोटा

काठमाडौं, पुस १५ । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले निर्मला पन्त हत्यारालाइ सरकारले त्यसै नछाड्ने बताएका छन् ।

विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताउँदै उनले घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याएर छाड्ने दाबि गरे । कञ्चनपुरमा पत्रकारहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा नेकपा नेता बास्कोटाले यस्तो बताएका हुन् ।

साथै मन्त्री बास्कोटाले सभामुख नेकपाकै नेता हुने भन्दै यस विषयमा मुख्य नेताहरूबीच सम्भवतः सहमति भइसकेकेको बताए ।

बास्कोटाले साइबर अपराध गर्न पल्केकाहरूले सूचना प्रविधि विधेयकको विरोध गरेको भन्दै नयाँ बन्ने कानुनबाट सामाजिक सञ्जालको सदुपयोग गर्नेहरूलाई कुनै असर नपर्ने बरु थप सुरक्षा हुने बताए ।

फरक प्रसंगमा मन्त्री बास्कोटाले कालापानी, लिपुलेक मात्रै नभई लिम्पियाधुरा पनि नेपालकै भूमि भएको बताए । उनले भारतले कालापानी लिपुलेकमा दाबी गरे पनि लिम्पियाधुरासम्म नेपालकै भएको बताए ।


उनले यस विषयमा भारत सरकारलाई पत्र पठाइएको र त्यसको सकारात्मक जवाफ आएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्