प्रचण्डको दाबि : अबको निर्वाचनमा नेकपा एक्लैले दुई तिहाइ सिट ल्याउँछ
काठमाडौं, पुस १३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष ‘प्रचण्ड’ले नेकपाले आगामी निर्वाचनमा एक्लै दुई तिहाइ सिट ल्याउने दाबी गरेका छन्।
चितवनमा आइतबार नेकपाले गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो दाबि गरेका हुन् । उनले भने, ‘आउने निर्वाचनमा हामी एक्लैले दुई तिहाइ सिट ल्याउने सुनिश्चिता गर्नेछौं।’
एकीकरण प्रक्रिया ढिलो हुँदा कार्यकर्तामा वैचारिक, सांगठनिक, जनपरिचालनमा समस्या उत्पन्न भएको स्वीकार्दै उनले भने, ,‘स्थानीय सरकारलाई परिचालन र सहयोग गर्न व्यवधान भएको रिपोर्ट सबैतिरबाट केन्द्रमा आएको छ।’
उपनिर्वाचनले पार्टीलाई उत्साह र शिक्षा दिएको प्रचण्डले बताए। साथै अर्को प्रशंगमा भारतले नेपाली भूमि अतिक्रमण गरेको सन्दर्भमा बोल्दै प्रचण्डले कुटनीतिक र राजनैतिक तबरले समस्या अन्त्य गर्नका लागि अवसर आएको उल्लेख गरे ।
पार्टी्भित्र देखिएका समस्या केन्द्रीय समितिको बैठकले निराकरण गर्ने अध्यक्ष दाहालले बताए । । उनले भने, ‘केन्द्रीय समितिको बैठकपछि पार्टी भित्रको वर्तमान स्थितिलाई गुणात्मक रुपमा परिवर्तन ल्याउनेछौं। स्थानीय र प्रदेश सरकारका लागि पार्टीको तर्फबाट निर्दे्शिका ल्याउने छौ।’
पार्टी एकता कार्य मूलभूत रुपमा टुंगाएको जानकारी गराएका उनले केन्द्रीय समितिको बैठकपछि केन्द्रीय अभियान लिएर देशभर जाने बताए। संगठनमा छुटेका नाम पनि आएकाले उनीहरुको गुनासो सम्वोधन गर्न विधान संसोधन गर्न लागिएको जानकारी गराए।
प्रतिक्रिया दिनुहोस्