प्रहरीलाई २८ हजार घुस दिन खोज्ने महिला प्रहरीकै नियन्त्रणमा

काठमाडौं, पुस १२ । प्रहरीलाई २८ हजार घुस दिन खोज्ने महिला प्रहरीको नियन्त्रणमा परेकी छन् । भन्सार छली गरेर ल्याइएको सामान छुटाउन घुस दिन खोज्ने एक महिलालाई बारा प्रहरीले पक्राउ गरेको हो । प्रहरीलाई घुस दिन खाज्ने वीरगञ्ज महनगरपालिका वडा नम्बर २ वस्ने ३५ वर्षीय अम्विया खातुन रहेकी छन् ।

खातुनले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित ईलाका प्रहरी कार्यालय जितपुर अगाडि पथलैया हुँदै हेटौडा तर्फ जाने यात्रुबाहक बस गाडीहरुलाई चेकजाँच गर्ने क्रममा प्रहरीलाई बसमा भन्सार छली ल्याइएको सामान छाडिदिन भनी घुस दिन खोजेकी थिईन् ।

प्रहरीलाई २८ हजार घुस दिन खोजेको बाराका प्रहरी उपरीक्षक विकाशराज खनालले बताए ।खातुनलाइ उक्त रकमसहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा पठाईएको प्रहरीले जनाएको छ ।

साथै बरामद गरिएको कपडाहरु आवश्यक कारबाहीको लागी वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको पनि प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्