नेकपालाई सभामुख छान्नै सकसः शिर्ष नेताको रोजाइ नै फरक- फरक

पार्वती पाठक, काठमाडौं, पुस ११ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र सभामुख कसलाई बनाउने भन्ने टुंगो अझै लाग्न सकेको छैन। टुंगो नहुँदा शुक्रबारका लागि डाकिएको प्रतिनिधिसभाको बैठक पनि बस्दै नसबी सूचना टाँसेर स्थगित गरियो ।

यही पुस ४ गते बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले शुक्रबारदेखि सभामुख चयनको प्रक्रिया अघि बढाउने सहमति गरेको थियो । तर यसबीचमा नेकपा नेताहरुबीच सभामुखका विषयमा सहमति जुटाउने भनिएको थियो तर सहमति जुटन सकेन् उल्टै सभामुख चयन कार्यतालिका सरेको छ ।

सभामुख चयन गर्न पुस १३ को लागि तय गरिएको कार्यतालिका सत्तारुढ दलले उम्मेदवार एकीनमा गरेको ढिलाईले १४ गतेको लागि सारिएको हो । प्रतिनिधिसभा सचिवालयले राजनीतिक दलसँगको अनौपचारिक परामर्शका आधारमा रिक्त सभामुख पदका लागि निर्वाचन कार्यतालिका तय गरेको हो । सभामुखको निर्वाचन लागि १४ गते अर्थात् सोमबारको लागि प्रस्ताव गरिएको छ ।

रोजाइ नै फरक- फरक


सभामुखका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्ड तथा राष्ट्रपतिको रोजाइ फरक–फरक व्यक्ति भएपछि सभामुख चयनले थप समय लिने सम्भावना देखिएको हो ।

प्रधानमनत्री ओली पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र अध्यक्ष प्रचण्ड अग्नि सापकोटाको पक्षमा रहेका छन् भने राष्ट्रपति विद्यादेवी भण्डारी भने वर्तमान उपसभामुख शिवमाया तुम्बाहाङफेलाई नै सभामुख बनाउने पक्षमा रहेको बुझिएको छ ।

यता उपसभामुख तुम्बाहाङफेले राजीनामा दिने भनिएपनि उनले पनि अहिलेसम्म पदत्याग गरेकी छैनन् । एउटै दलको सभामुख र उपसभामुख हुन नपाउने कानुनी व्यवस्था रहेकाले नेकपा सभामुख आफ्नो दलबाट बनाउने र उपसभामुख विपक्षी दललाई दिने तयारीमा जुटेको छ ।


संसद सचिवालयकी एक कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले गएको असोज १८ गते राजीनामा दिएका थिए । यस पछि यो पदरिक्त रहेको छ । शिर्ष चार्चामा भने सुभाषचन्द्र नेम्वाङ र अग्नि सापकोटा रहेका छन् । जनीतिक भेटघाट र घटनाक्रमले सभामुखमा नेम्वाङ र अग्नि सापकोटाको दाबीलाई शीर्षस्थानमा राखेर बहस हुन थालेको देखिएको छ । अब प्रतिनिधिसभाको अर्को बैठक यही पुस १६ गतेका लागि डाकिएको छ ।

जनीतिक भेटघाट र घटनाक्रमले सभामुखमा नेम्वाङ र अग्नि सापकोटाको दाबीलाई शीर्षस्थानमा राखेर बहस हुन थालेको देखिएको छ । अब प्रतिनिधिसभाको अर्को बैठक यही पुस १६ गतेका लागि डाकिएको छ ।

प्रतिक्रिया दिनुहोस्