घरको छतबाट खसेर ५ वर्षीया बालिकाको मृत्यु
काठमाडौं , पुस ११ । घरको छतबाट खसेर ५ वर्षीया बालिकाको मृत्यु भएको छ । काठमाडौंको टोखा नगरपालिका-६, ग्रिनल्याण्डमा घरको छतबाट खसेर ५ वर्षीया बालिका अनिषा पौडेलको मृत्यु भएको महानगरीय प्रहरी वृत्तले जनाएको छ ।
स्थानीय ग्रिनल्याण्ड स्कुलमा अध्ययनरत् पौडेल स्कुलबाट फर्किएर खेलिरहेका बेला ५ तलामाथिबाट खसेकी थिइन् ।
छतबाट खस्दा कम्पाउण्डको बारमाथि लगाइएको धारिलो रडमा उनी खोपिइन् अनि प्रहरी र स्थानीयले केहीबेरमै रड काटेर बालिकालाई ग्राण्डी अस्पताल र्पुयाएका थिए तर अस्पतालले उनलाई मृत घोषिटत गरेको थियो ।
यता रड काट्दासम्म बालिका जीवितै रहेको स्थानीयवासीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्