काठमाडौँ आउँदै गरेको सुमो दुर्घटना: ३ जनाको घटनास्थलमै मृत्यु , ६ घाइते

काठमाडौँ , पुस ११ । काठमाडौँ आउँदै गरेको सुमो दुर्घटना हुादा ३ जनाको मृत्य भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ओखरडाँडाको ‘सिस्नेरी–काठमाडौँ’ सडकखण्डमा सुमो दुर्घटना भएको हो ।

रौटहटको चपुरबाट काठमाडौं आउँदै गरेको ना१ज ३४३३ नम्बरको सुमो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको मकवानपुरका एसपी सुशील सिंह राठौरले बताए । मृत्यु हुनेमा एक महिला र दुई पुरूष रहेको उनले बताए ।

यस्तै दुर्घटनामा र ६ जना घाइते भएका छन् । घाइतेहरुको उपचारका लागि काठमाडौं ल्याइएको छ ।
तीब्र गतिमा रहेको सुमो शुक्रबार साढे १२ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्