अब विचार र मुद्दाका आधारमा कांग्रेससँग सहकार्य हुन्छः बाबुराम भट्टराई

काठमाडौं, पुस ९ । समाजवादी पार्टी सरकारबाट बाहिरिएको छ । यसका साथै उसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । यो सँगै सरकारको दुई तिहाइको बहुमत पनि समाप्त भएको टिपण्णी उपेन्द्र यादवले गरेका छन ।

यसैगरी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग मुद्दाका आधारमा सहकार्य गर्ने बताएका छन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारलाई बुधबार समर्थन फिर्ता लिएपछि पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा प्रतिपक्षी दलहरूसँग विचार र मुद्दाका आधारमा सहकार्य हुने भट्टराईले बताए।


‘प्रतिपक्षमा भएपछि विचार र मुद्दा मिल्नेसँग मिल्नु नै धर्म हुन्छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, प्रतिपक्षी राप्रपासँग विचार र मुद्दाका आधारमा सहकार्य हुन्छ,’ उनले भने।

सभामुख चयन प्रक्रियामा समाजवादी पार्टीको कुनै लोभ नभएको बताउँदै यसमा आफ्नो तर्फबाट कुनै लोभ र आकांक्षा नरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्