राजधानी ६ बजे नै सुनसान हुन्छ, नाइटलाइफ जीवन्त राखौं: मन्त्री भट्टराई

काठमाडौं , पुस ९ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राजधानीमा पर्यटन आकर्षण गर्न रात्रीकालीन गतिविधि बढाउनु पर्ने बताएका छन ।

राजधानी साँझ ५र६ बजे नै सुनसान हुने भन्दै उनले उपत्यकाको नाइट लाइफ जीवन्त राख्न आग्रह गरे । बुधबार राजधानीभित्रका महानगर तथा नगरपालिकाका प्रमुख तथा पदाधिकारीसँगको छलफलमा मन्त्री भट्टराईले यस्तो बताएका हुन् ।


उनले भने, ‘राजधानी ५र६ बजे नै सुतिसक्छ, तर, भ्रमण वर्षमा नाइटलाइफ जीवन्त राखौं, मठमन्दिरलाई लाइटिङ गरौं ।’मन्त्री भट्टराईले भ्रमण वर्षमा सक्रिय सहभागिताका लागि सबै स्थानीय तहलाई आग्रहसमेत गरे । उपत्यकाभित्रका सम्पदा जोड्ने गरी बस चलाउन सक्ने सम्भावनाबारे अध्ययन गर्न आग्रहसमेत गरे ।

मन्त्रालयले बुधबार काठमाडौं उपत्यका भित्रका स्थानीय तहका प्रतिनिधिसँग भ्रमण वर्षको तयारीबारे छलफल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्