समाजवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, सरकारले गुमायो दुई तिहाइ बहुमतको हैसियत

काठमाडौं, पुस ९ । समाजवादी पार्टी नेपालले सररकालाई दिएको समर्थन फिर्ता लिएको छ।

बुधबार बिहान बसेको पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकको निर्णय सुनाउन पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजना गरिएको पत्रकार सम्मेलनमा समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको हो।

समाजवादीले समर्थन फिर्ता लिएसँगै सरकारले दुई तिहाइ बहमतको हैसियत गुमाएको छ।समाजवादीले समर्थन फिर्ता लिएपछि सरकारलाई संसदमा दुई तिहाइ बहुमतको समर्थन रहने छैन । यसअघि मंगलबार मात्र पार्टीबाट सरकारमा सहभागी २ मन्त्रीले राजीनमा दिएका थिए।

सत्ता साझेदार दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बहुमतमा मात्र सीमित भएको हो।

राष्ट्रिय जनता पार्टीले केही समय पहिले सरकारलाई दिएको सर्मथन फिर्ता लिएको थियो भने समाजवादी पार्टीले बुधबार मात्र सरकारलाई दिएको सर्मथन फिर्ता लिने निर्णय गरेको हो।

पार्टीको बुधबार बसेको पदाधिकारी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । उनले पार्टी अब प्रतिपक्षमा रहेर संविधान परिमार्जन गर्ने संशोधन गर्ने र सबैको संविधान बनाउने कार्यमा लाग्ने बताए ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादवले पेश गरेको संविधान संशोधनको प्रस्ताव प्रधानमन्त्री ओलीले अस्वीकार गरेका थिए।

त्यसलगत्तै मंगलबार उपप्रम उपेन्द्र यादव र सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले पदबाट राजीनामा दिएका थिए।

पार्टीको आगामी रणनीतिबारेमा समाजवादीले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बसेर भावी कार्य्दिशा पनि तय गरेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्