बाहिरियो ओली सरकारबाट समाजवादी पार्टी, सहरी विकासमन्त्री राईले पनि दिए राजीनामा

काठमाडौं , पुस ८ । समाजवादी पार्टी नेपाल केपी शर्मा ओली नेतृत्वको सरकारबाट बाहिरिएको छ।उपप्रधान तथा कानून मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन्। यादवले मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राजीनामा बुझाएका हुन्।

समाजवादी पार्टीबाटै शहरी विकास मन्त्री बनेका मोहम्मद इस्तियाक राईले पनि आजै राजीनामा दिएका हुन्। सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले पनि पदबाट राजीनामा दिएका छन् । मन्त्री राईले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएका हुन् ।

“मलाई नेपाल सरकार सहरी विकास मन्त्रालयको मन्त्री पदमा नियुक्त गर्नुभई कामकाजको जिम्मेबारी दिनुभएकोमा नेपालको संविधान धारा ७७ को उपधारा २ (क) बमोजिम मैले उक्त मन्त्री पदबाट राजीनामा दिएको छु,” राजीनामा पत्रमा भनिएको छ, “सहकार्य गर्ने अवसर दिनुभएकोमा विशेष धन्यवाद व्यक्त गर्दछु ।”

प्रतिक्रिया दिनुहोस्