पक्राउ परेका बाराको विश्रामपुर गाउँपालिका अध्यक्ष राउत जेल चलान

काठमाडौं, पुस ६ । बाराको विश्रापुर गाउँपालिका अध्यक्ष अमिरीलाल राउतलाई पक्राउ गरी कारागार चलान गरिएको छ।

१३ वर्ष पुरानो ज्यान मुद्दामा फरार प्रतिवादीको आरोप लागेका राउतलाई प्रहरीले आइतबार पक्राउ गरि कैद भुक्तानीका लागि कारागार पठाएको हो।

जिल्ला प्रहरी कार्यालय बाराका एसपी विकासराज खनालका अनुसार २९ दिन कैद र दुई हजार रूपैयाँ जरिवनाको फैसला कार्यान्वन गर्न राउतलाई पक्राउ गरी कारागार पठाइएको छ।

२०६२ सालमा घटेको घटनामाथि २०६३ साल भदौ २९ मा फैसला भए अनुसार २९ दिन जेल र दुई हजार जरिवना गर्ने फैसला भएको र फरार रहेका राउतलाई पक्राउ गरी जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ।

घटना भएको १५ वर्षसम्म उनी बाहिरै थिए। फौजदारी अपराधमा कसुरदार भएर पनि उनी चुनाव लडेर गाउँपालिका अध्यक्षमा निर्वा्चित भएका थिए।

प्रतिक्रिया दिनुहोस्