नेकपाले बोलायो केन्द्रीय कमिटी बैठक
काठमाडौं, पुस ५ । पार्टी एकतापछिका विभिन्न एजेन्डामाथि छलफल गर्न सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ।
पुस २० गते केन्द्रीय कमिटी बैठक बोलाइएको स्थायी कमिटी सदस्य बर्षमान पुनले जानकारी दिए।पुस २० देखि केन्द्रीय समिति बैठक डाक्ने निर्णय स्थायी कमिटी बैठकले गरेको हो।
तत्कालीन नेकपा एमाले र एकीकृत माओवादी केन्द्र मिलेर बनेको नेकपामा चार सय ४५ सदस्यीय केन्द्रीय कमिटी सदस्य छन्। सचिवालय सदस्य बामदेव गौतमलाई उपाध्यक्ष बनाउने नेकपाको तयारी छ। केन्द्रीय कमिटीमा यो एजेन्डाले पनि प्रवेश पाउनेछ। तर बैठकका एजेन्डा अहिले नै सार्वजनिक गरिएको छैन।
यसअघि गत वर्ष जेठमा केन्द्रीय कमिटी बैठक बसेको थियो।स्थायी कमिटी बैठक पनि एक वर्षपछि नेकपाले गत मंसिर २९ गतेदेखि बोलाएको थियो।
प्रतिक्रिया दिनुहोस्