राष्ट्रिय सभाको निर्वाचनमा नेकपा र राजपाको तालमेल
काठमाडौं, २ पुस । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले राष्ट्रियसभाको निर्वाचनमा तालमेल गर्ने भएका भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार नेकपाको अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)र राजपाको अध्यक्ष मण्डका संयोजक राजेन्द्र महोतोबीच भएको वार्तामा राष्ट्रियसभाको प्रदेश २ को सिट बाँडफाँट भएको हो । चारमध्ये दुई सिट नेकपा र दुई राजपाले लिने सहमति भएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा वलीको उपस्थितिमा सो सम्झौता भएको। नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी बताए ।
प्रतिक्रिया दिनुहोस्