१५ हजार घुस माग्दै गरेको अवस्थामा प्रहरी जवान पक्राउ
काठमाडौं , पुस २ । १५ हजार घुस माग्दै गरेको अवस्थामा एक प्रहरी जवान पक्राउ परेका छन् । बाराबाट सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस माग गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी जवान सरोजकुमार यादव पक्राउ परेका ह्ुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार घरेलु मदिरा बिक्री वितरणमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस मागी रहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिइएको टोलीले उनलाई कलैया उपमहानगरपालिका(३ बाट नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएका यादवको थप अनुसन्धान अघि बढाइएको प्रहरलिे जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्