बम बनाउने सामग्रीसहित विप्लव समूहका नेता पक्राउ

काठमाडौं, पुस २ । बम बनाउने सामाग्रीसहित विप्लव समूहका नेता पक्राउ परेका छन् । जिल्लाबाट खटिएको सुरक्षा टोलीले मंगलबार नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका जिल्ला नेता पदमबहादुर केसीलाई पक्राउ गरेको हो ।

दार्मा गाउँपालिका–५, भगेँरी खोलाबाट उनीसँगै उनको साथबाट बम बनाउन प्रयोग हुने सागम्री पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

साथै उनको साथबाट विप्लव समूहको पार्टी सदस्यता नवीकरण फारम २१ वटा, विधान २०६९, नेकपाको सांगठनिक प्रस्ताव, राजनीतिक प्रतिवेदन र घोषणा पत्र बरामद गरेको प्रहरीले जनाएको छ । विष्फोटक पदार्थ बरामद गर्ने क्रममा नेपाली सेनाको टोली पनि पुगेको थियो ।

पक्राउ परेका केसी र बरामद सागम्रीलाई विस्तृत अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, सल्यान, खलंगा बुझाइएको प्रहरीले जनाएको छ । पछिल्लो समय विप्लवका नेता धमाधम पक्राउ पर्दै जान थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्