विमानस्थलबाट ३ किलो कोकिनसहित बोलिभियन नागरिक पक्राउ

काठमाडौं , २ पुस ।तीन किलो कोकिनसहित विमानस्थलबाट बोलिभियन नागरिक पक्राउ परेका छन् । मंगलबार विहान ९ बजे लागू औषध नियन्त्रण ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दुबईको फ्लाइटबाट काठमाडौं आएकी बोलिभियन नागरिक ४१ वर्षकी हेरेरा आर्टेगा ओल्गा रहेकी छन् । उनले ज्याकेटभित्र प्लास्टिकले बेरी ३ किलोग्राम कोकिन ल्याएकी थिइन् र उनीमाथि अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्