सडक दुर्घटना बढ्दै, सिन्धुपाल्चोक बस दुर्घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं , पुस १ । पछिल्लो समय सर्वसाधारणको अकालमै ज्यान जाने गरी ठूला सडक दुर्घटना बढेर गएको छ । सिन्धुपाल्चोकमा आइतबार बस दुर्घटना १५ जनाको ज्यान गयो । त्यस्तै, मंसिर दोस्रो साता अर्घाखाँचीमा बस दुर्घटना हुँदा १९ जनाको ज्यान गएको थियो । गत कात्तिक तेस्रो साता सिन्धुपाल्चोककै सुकुटेमा बस दुर्घटना हुँदा १७ जनाले ज्यान गुमाएका थिए ।


गत आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने हरेक दिन सरदर ६÷७ जनाको सडक दुर्घटनामा मृत्यु हुने गरेको थियो । चालू आर्थिक वर्षको अहिलेसम्मको तथ्यांक पल्टाउने हो भने यो संख्या बढेर दोब्बर बढी हुने अवस्था आएको छ । अहिले सडक दृर्घटनाबाट दैनिक १० बढीको अकालमा मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ ।

यसैबीत यता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सिन्धुपाल्चोकको ६ किलोमा भएको बस दुर्घटनाबारे छानविन गर्न समिति गठन गरेको छ ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले गृह र र भौतिक पूर्वाधार मन्त्रालयका अधिकारीहरुलाई बोलाएर दुर्घटना दुर्घटनाको छानविन गर्न र न्यूनिकरणमा कदम चाल्न निर्देशन दिएका थिए ।

धार मन्त्रालयका अधिकारीहरुलाई बोलाएर दुर्घटना दुर्घटनाको छानविन गर्न र न्यूनिकरणमा कदम चाल्न निर्देशन दिएका थिए ।मंगलबार मन्त्रालयले संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयका सहसचिव राजेन्द्रराज शर्माको नेतृत्वमा समिति बनाएको छ ।

गृह मन्त्रालय, ट्राफिक प्रहरी र यातायात व्यवसायीका प्रतिनिधि समेत रहेको समितिलाई ७ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

मन्त्रालयले विगतमा भएका दुर्घटनाहरुको अध्ययन गरी कारण, न्यूनिकरण उपायबारे नीतिगत र संरचनागत सुधारबारे प्रतिवेदन बुझाउन अर्को समिति बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्