पौडेल पक्षको बहिष्कारः कांग्रेस बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं, मंसिर २९ । आज पनि नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिमा सहमति जुट्न सकेन् । बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूले छलफलको एजेन्डा १४ औं महाधिवेशनको कार्यतालिकाबारे हुनुपर्ने अडान राखेर बैठक बहिष्कार गरेसँगै बैठक भोली सम्मका लागि स्थगित भएको छ ।

नेपाली कांग्रेसले आइतबार केहीबेर बसेर स्थगित बैठक सोमबार दिउँसो १ बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् । आज बैठक सकिएको र अर्को बैठक भोलि १ बजे फेरि बस्ने उनले बताए ।

सभापति शेरबहादुर देउवाले विभाग थप गरी गठन गर्नेलगायत ९ एजेन्डा गत बिहीबार बैठकमा पेश गरेका छन्। उक्त एजेन्डामा छलफल गर्न आइतबार केन्द्रीय कार्यसमिति बैठक डाकेपनि दुई घण्टा ढिला सुरू बैठक केहीबेरमै टुंगिएको हो।

बरिष्ठ नेता पौडेल पाथीभरा दर्शनका लागि गएका छन्। पौडेल आजै काठमाडौं फर्कने र उनीपक्षका नेतासँग छलफल गरी सहमतिबाटै सोमबार बैठक चलाउने भन्दै स्थगित गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्