नेकपा स्थायी कमिटी बैठक शुरु, प्रधानमन्त्री ओली गएनन्

काठमाडौं, मंसिर २९ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को स्थायी कमिटी बैठक शुरु भएको छ ।

बैठक पार्टी कार्यालय धुम्बाराहीमा शुरु भएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा कार्यकारी भूमिका पाएपछिको यो पहिलो स्थायी कमिटी बैठक हो । स्थायी कमिटी बैठक एक वर्ष पहिला बसेको थियो ।

बैठकमा अर्का अध्यक्ष केपी ओली भने सहभागी भएका छैनन् । एपेन्डिसाइटिसको अप्रेसनपछि १० दिन अस्पताल बसेर फर्किका ओली बालुवाटारमा आराम गरिरहेका छन् । उनी आज विहान बसेको नेकपा सचिवालय बैठकमा भने केही बेर सहभागी भएका थिए ।


स्थायी कमिटी बैठकका लागि पाँच वटा एजेण्डा तय आइतवार विहान बसेको सचिवालय बैठकले गरेको थियो । जसमा स्थायी कमिटी बैठकमा छलफल हुने छ ।


‘प्रचण्डले पेश गर्ने राजनीतिक प्रतिवेदन, विधान संशोधन, केन्द्रीय कमिटीको अर्को बैठक, नेपाल भारत सीमा समस्या र विविध भनेर बैठकका लागि पाँच वटा कार्यसूची तय भएको विहानको सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्