७ किलो गाँजासहित पर्साबाट ५ जना पक्राउ

काठमाडौं , मंसिर २९ । प्रहरीले सात किलो गाँजासहित ५ जनालाई पक्राउ गरेको छ । उनीहरु वीरगञ्ज महानगरपालिका–१६ इनर्वा सडक खण्डमा जाँच गर्ने क्रममा गाँजासहित पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१८ का २० वर्षीय फुलमह्मद मियाँ, नौसाद हुसेन, सखुवा प्रसौनी गाउँपालिका–१ मधुवनमथुवलका १९ वर्षीय एजाजुल देवान, १९ वर्षकै अली हुसेन देवान र २१ वर्षीय ईजाजुल मिया छन् ।

गाँजा नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा उनीहरुलाई पक्रेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्