नेकपाको स्थायी समितिको बैठक बस्दै, बैठकको एजेण्डा तय

काठमाडौं, २९ मंसिर । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयले स्थायी समितिको बैठकको एजेण्डा तय गरेको छ ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले स्थायी कमिटीका एजेण्डाहरू तय गरेको हो । यो बैठकमा प्रधानन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली भने पुरै समय बसेनन् ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । प्रतिवेदन अध्यक्ष केपि शर्मा वलीसंग पनि परामर्श गरेर तयार पारिएको हो ।
स्थायी समिति बैठकमा आज विधान संशोधन, नेपाल भारत सीमा समस्या, केन्द्रीय कमिटी बैठकलगायत एजेण्डा समेत छलफल हुने स्रोतले जनाउको छ ।

प्रतिक्रिया दिनुहोस्