२० लाख घुससहित सडक डिभिजन प्रमुख पक्राउ
काठमाडौं, मंसिर २५ । सडक डिभिजन कार्यालय प्युठानका सिनियर डिभिजन इन्जिनियर घुस लिँदालिँदै पक्राउ परेका छन् ।
काठमाडौं बानेश्वरको एलिनाज बेकरी क्याफेमा सिनियर डिभिजन इन्जिनियर ध्रुवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जन घुस लिँदालिँदै पक्राउ परेका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई २४ गते करिब २० लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो। उनीहरूमाथि थप अनुन्धान भइरहेको अख्तियारले जनाएको छ। ।
प्रतिक्रिया दिनुहोस्