अस्पतालबाटै नवजात शिशु चोर्ने स्वास्थ्यकर्मी नै पक्राउ

काठमाडौं, मंसिर २४ । अस्पतालबाटै नवजात शिशु चोर्ने एक स्वास्थ्यकर्मी नै पक्राउ परेकी छन् । पाकिस्तानमा नवजात शिशु चोरेर निःसन्तान आफन्तलाई दिने एक महिला स्वास्थ्यकर्मीलाई प्रहरीले पक्राउ गरेको हो ।

दक्षिणपश्चिम बलोचिस्तान प्रान्तस्थित एउटा अस्पतालबाट उक्त महिलाले शिशु जन्मेको छोटो समयमा नै चोरेकी थिइन्।

िशिशुको आमा होसमा आएपछि उनले अर्को शिशुबारे सोधपुछ गर्दा मात्रै अर्को एक शिशु हराएको बारे उनीहरुले थाहा पाएको बिबीसीले जनाएको छ।

प्रहरीलाई घटनाबारे मुद्दा दायर गरेपछि उक्त रात प्रसुती कक्षमा ड्युटीमा रहेकी महिला स्वास्थ्यकर्मीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले बच्चा चोरीमा संलग्न चारै जनालाई पक्राउ गरेको र चोरी भएकी शिशुलाई परिवारको जिम्मा लगाइसकेको छ।अधिकारीहरुले अस्पतालको कमजोर सुरक्षा व्यवस्थाका कारण घटना भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्