सेनाको गाडीको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो
काठमाडौं, मंसिर २४ । रामेछापमा सेनाको गाडीले ठक्कर दिदा मोटरसाइकल चालकको ज्यान गएको छ । रामेछाप नगरपालिका–८ भंगेरीमा मंगलबार बिहान सेनाको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो भने पछाडि सवार एक जना घाइते भएको प्रहरीले जनाएको छ ।
रामेछापबाट मन्थली तर्फ आइरहेको बा १ झ १०७० नम्वरको नेपाली सेना नयाँ गोरखगणको गाडीले विपरित दिशाबाट आइरहेको बा ३८ प ३९४८ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक १४ वर्षका सुशिल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
घाइते १३ वर्षीय रामकृष्ण तामाङलाई उपचारको लागि जिल्ला अस्पताल रामेछाप र्पुयाइएको प्रहरी निरीक्षक रविभूषण यादवले बताए ।
मोटरसाइकल चालक सिकारु बालक भएका कारण दुर्घटना भएको आशंका गरिएको छ भने घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्