महाधिवेशन एक वर्ष सर्ने, पार्टी बलियो भयो भन्ने अबस्था छैनः महामन्त्री कोइराला

काठमाडौं, २३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले पार्टीको महाधिवेशन एक वर्ष सर्ने खुलासा गरेको छन् । । पार्टीको आन्तरिक गृहकार्य भइरहकोले महाधिवेशन एक वर्ष सर्ने बताए ।

राजनीतिक कार्यक्रमका लागि विराटनगर पुगेका बेला विमानस्थलमा आज पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले उपनिर्वाचनमा देखिएको परिणामबाट पार्टी बलियो भयो भन्न सकिने अवस्था नरहेको र सबैको सहयोग भर्न भएको बताए ।
नेपाली काँग्रेसले सकारात्मक प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको छ भन्दै उनले पार्टीले सरकारसँग सहमतिबाटै अगाडि बढ्न चाहेकोमा जोड दिए । महामन्त्री कोइरालाले द्वन्द्वबाट कसैलाई पनि फाइदा नहुने भएकाले नै नेपाली काँग्रेसले सहमतिको बाटो पहिल्याएको बताए । संविधान र सङ्घीयताको रक्षा गर्न सबै दल एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

उनले आफू धर्म निरपेक्ष तथा सापेक्षभन्दा पनि धर्म स्वतन्त्र हुनुपर्छ भन्ने पक्षमा अडिग रहेको प्रस्ट पार्दै सरकारले दुई तिहाइ बहुमतको जस्तो कार्य गर्न नसकेको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्