आज राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै

काठमाडौं, १४ कार्तिक । सत्तासिन दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ ।

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा पछिल्लो राजनीतिक घटना र विकसित समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन् ।

बैठक बिहान ११ बजे काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय घन्टीघरमा बस्नेछ । आजको बैठक निकै संवेदनसिल छ ।

 

 

प्रतिक्रिया दिनुहोस्