प्रधानमन्त्रीको सक्रियता, मन्त्रीपरिषद् बैठक आज बस्दै

काठमाडौं, २३ मंसिर। प्रधानमन्त्री केपी शर्मा ओलीको अस्वथ्यका काराण केहि समय बस्न नसकेको मन्त्रीपरिषद् बैठक आज बस्दै छ ।प्रधानमन्त्रीअस्पतालबाट फर्किएपछि पहिलोपटक मन्त्रिपरिषदको बैठक सोमवार बस्न लागेबको हो । अब प्रधानमन्त्री विस्तारै काममा फर्किएका छन् ।

मन्त्रिपरिषद बैठक अपरान्ह ४ बजे बोलाइएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बताए । यसअघि प्रधानमन्त्रीले पार्टी सचिवालय बैठकका एजेण्डाहरुका बारेमा अर्का अध्यक्ष प्रचण्डसँग पनि परामर्श गरेका थिए ।

प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको र अहिले पूर्ववत काममा फर्किसकेको छ ।
प्रधानमन्त्री अस्पतालमै भएका बेला अर्का अध्यक्ष प्रचण्डले सचिवालय बैठक राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्