विप्लव समूहका मेचीनगर इन्चार्ज पक्राउ

काठमाडौं, मंसिर २२ । सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपका मेचीनगर इन्चार्जलाई प्रहरीले पक्राउ गरेको छ ।

विप्लव सूमहका झापा जिल्ला सदसस्यसमेत रहेका याम कुमार गिरीलाई महानगरीय अपराध महाशाखाबाट खटिएकव टोलीले शुक्रबार बेलुका तिनकुनेबाट पक्राउ गरेको जनाइएको छ ।

उनलाई भदौ २३ गते झापाको बिर्तामोडस्थित एक सहकारीमा बम विस्फोट गराएको आरोपमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

विभिन्न जिल्लाबाट विप्लव समुहका नेता तथा कार्यकर्ता पक्राउ पर्ने क्रम बढेको छ । प्रहरीले विभिन्न जिल्लाबाट पक्राउ गर्दै जना थालेको छ ।

प्रतिक्रिया दिनुहोस्