अन्तरघात गर्नेलाई कारवाही गरेरै छाड्ने : सभापति देउवा
काठमाडौं, मंसिर २१ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अन्तरघात गर्नेलाई कारवाही गरेरै छाड्ने बताएका छन् । बुटवलको एक आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । अन्तरघातीलाई कारवाही नभएसम्म पार्टीले चुनाव जित्न नसक्ने पनि उजले बताए ।
भेलामा देउवाले पार्टीमा बसिरहने र अन्तरघात पनि गर्नेहरु कारवाही गर्नुपर्ने बताए । ‘अन्तरघात गरेर पार्टीलाई हराउन लाग्ने नेता कार्यकर्तालाई कसैले कुनै हालतमा बचाउनु हुुँदैन, कारवाही नभएसम्म पार्टी हार्दै जान्छ’ उनले भने ।
हालै सम्पन्न उपनिर्वाचनमा कांग्रेसले विशेष गरी धरानमा कम्युनिष्टको लालकिल्ला तोड्न सफल भएको देउवाले बताए । ‘विगतदेखि पार्टीले पराजय भोग्दै आएको स्थानमा चुनाव जित्नु ठूलो सफलता होे’, उनले भने ।
कास्की र दाङमा सहानुभूतिका कारण पनि नेकपाका महिला उम्मेदवारहरु निर्वा्चित भएको उनको भनाइ थियो । कार्यक्रममा कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खांणलेसरकारले नागरिकको अधिकार खोस्न खोजेको आरोप लगाए ।
कांग्रेसको मतमा केहि कमजोर देखिए पनि सधै यस्तो नहुे बताउँदै उनले खोलामा कहिले बाढी आउँछ, कहिले सुक्छ भन्ने उदाहरण समेत दिए ।
प्रतिक्रिया दिनुहोस्