स्कूल हिँडेकी १० वर्षीय बालिका बलात्कृत
काठमाडौं, मंसिर २० । गुल्मीमा १० वर्षीया बालिका बलात्कृत भएकी छन् । स्कूल जाने क्रममा बालिका बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
बालिका बिहीबार विहान स्कुल जान दाजुहरुसँगै गाडी चढेकी थिइन् । तर, चालकले दाजुलाई एक ठाउँमा छोडेर बालिकालाई अर्कै ठाउँमा लिएर बलात्कार गरेको डीएसपी मिनबहादुर घलेले बताए ।
बलात्कृत बालिकाका दाजुले बहिनीलाई अन्यत्र लगेको देखेपछि घरमा खबर गरेका थिए । बलाकृत भएकी बालिकालाई चालकले ३० रुपैयाँ दिएर फाएको पाइएको डीएसपी घलेले बताउ ।
प्रहरीले बालिकाका बलात्कार गर्ने रुरु क्षेत्र गाउँपालिका(३ लोलङखोलाका ४१ वर्षीय भोजबहादुर सार्कीलाई पक्राउ गरिसकेको छ । उनले सोही क्षेत्रमा गाडी चलाउँदै आएका थिए ।
उनलाई म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक घलेले जानकारी दिए । बालिकाको स्वास्थ्य जाँचपछि घरमा पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्