मालपोत कार्यालयका दुईजना कर्मचारी घुससहित रंगेहात पक्राउ

काठमाडौँ मंसिर १८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरमा ‘स्टिङ अप्रेसन’ गरी दुई कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गरेको छ ।

भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरमा कार्यरत नायब सुब्वा नारायणराज मिश्र र सोही कार्यालयमा कार्यरत कार्यालय सहयोगी (करार) भाईकाजी गौतमलाई घुसबापत लिएको ४० हजार रुपैयाँसहित आयोगको टोलीले नियन्त्रणमा लिएको हो ।

कार्यालयमा कर्मचारीले घुस माग गरेको भन्ने सेवाग्रहीको सूचनाका आधारमा मंगलबार स्टिङ अप्रेसन गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

सेवाग्राहीको मोही लगत कट्टा गर्ने प्रयोजनका लागि उनीहरुले घुस माग गरेको सूचना पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट उक्त कार्यालयमा स्टिङ अप्रेसनका लागि टोली पठाइएको थियो ।

कार्यालय परिसरबाट दुवै जनालाई मंगलबार नियन्त्रणमा लिई अनुसन्धान थालेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्