नेकपाको बैठकः प्रधानमन्त्री स्वास्थ्यलाभको कामनासहित उपनिर्वाचनको समीक्षालाई निर्देशन

काठमाडौं, १८ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । आज विहान पार्टी कार्यालयमा पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना सहित उपनिर्वाचन, स्थायी समितिको बैठक लगायतको विषयमा केन्द्रीत भएको छ ।

बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरिएको सुनाए । त्यस्तै, यही मंसिर १४ गते सम्पन्न भएको उपनिर्वाचनको परीणामको समिक्षा गरेर रिपोर्ट पेश गर्नपनि निर्वाचन भएका सबै क्षेत्रका पार्टीका सम्बन्धित निकायलाई निर्देशन दिईने निर्णय गरिएको बताए । पार्टीको सचिवालयको बैठक यही मंसिर २१ गते बस्नेछ ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछिको यो बैठक पहिलो हो ।

प्रतिक्रिया दिनुहोस्