नेकपाको सचिवालय बैठक, राख्न सक्लान त स्थायी समितिको बैठक ?

काठमाडौं, १८ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछिको यो बैठक पार्टी पहिलो हो । बैठक पार्टी कार्यालय धुम्बाराहीमा बसेकोछ ।

पार्टी सचिवालय बैठकबाट कार्यकारी अध्यक्षको परिभाषित जिम्मेवारी पाएपछि उत्साहित बनेका प्रचण्डले स्थायी कमिटी बैठक आह्वान गर्ने तयारी गरेका छन् । विधान अनुसार तीन÷तीन महिनामा बस्नुपर्ने स्थायी कमिटी बैठक एक वर्षदेखि बस्न सकेको छैन ।

बुधबारको सचिवालय बैठकमा स्थायी कमिटी बैठकको मिति र एजेण्डाबारे छलफल हुने नेताहरुले जनकारी दिएका छन् । साथै यो बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य, उपनिर्वाचनको समीक्षालगायतका विषयमा पनि केन्द्रीत हुने एक नेताले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यका कारण प्रचण्डले यही मंसिर २४ गतेदेखि गर्ने चीन भ्रमणसमेत स्थगित गर्नु परेको छ
यही मंसिर ४ गते नेकपाले प्रचण्डलाई कार्यकारी अधिकारसहित पार्टी सञ्चालनको जिम्मेवारी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्