धरान उपमहानगरपालिकामा काँग्रेसले इतिहास रच्यो

काठमाडौं, १६ मंसिर । धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तिलक राई विजयी भएका छन् ।

राइले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रकाश राईलाई २ हजार ७९५ मतान्तरले पराजित गरि विजयी भएको हो । तिलकले २६ हजार ७०९ मत पाएका छन् । प्रकाशले भने २३ हजार ९१४ मत प्रात्ग गरे । धरानमा कांग्रेसको यो पहिलो जित हो । यसले धरान काँग्रेस उत्साहित भएका छन् ।

०७४ को स्थानीय निर्वाचनमा तारा सुब्बा तत्कालीन एमालेको तर्फबाट मेयरमा निर्वाचित भएको उनको निधन भएपछि रिक्त पदका लागि शनिबार भएको उपनिर्चानमा राईले इतिहास रचेको छ ।

प्रतिक्रिया दिनुहोस्