धरानमा नेकपा भन्दा कांग्रेस ४३४ मतले अघि

काठमाडौं , मंसिर १५ । धरान उपमहानगरको उपनिर्वाचनमा सुरूआती अग्रता लिएको नेकपा १६ नम्बर वडाको मत गन्दा पछि परेको छ ।

कांग्रेसका उमेदवार तिलक राईले ६ हजार ८५७ मत ल्याएर अग्रता लिएरहेका छन् । उनका प्रतिस्पर्धी नेकपाका उमेदवार प्रकाश राईले ६ हजार ४२३ मत प्राप्त गरेका छन् । मतान्तर ४३४ हेको छ ।

आफ्नो प्रभाव क्षेत्र मानिएको १६ मै नेकपा पछि परेको हो । त्यहाँ नेकपाले १८ सय ४९ मत ल्यायो भने कांग्रेसले २३४० मत पायो ।

अहिलेसम्म १६, १७, १८, १९, २० वडाको मत गनिएको र नेकपा क्रमशः पछि पर्दै गएको छ । मतपरिणाम आउने क्रम जारी नै रहेको छ तर अहिले सम्म सबै भन्दा बढि वडा भने नेकपाले नै जितेको छ ।

प्रतिक्रिया दिनुहोस्