बाक्लो हुस्सुका कारण कैलालीमा बस एक आपसमा ठोक्किंदा १३ यात्रु घाइते

काठमाडौं । कैलालीमा बाक्लो हुस्सुका कारण बस एक आपसमा ठोक्किंदा १३ यात्रु घाइते भएका छन् । लम्किचुहा नगरपालिका वडा नम्वर ६ गुलरामा बस आपसमा ठोकिदा १३ जना घाईते भएका हुन् ।

टिकापुरबाट धनगढी आउदै गरेको सुदुरपश्चिम यातायातको ना ४ ख ५१३२ नम्बरको बस र धनगढीबाट बुटवल जाँदै गरेको नारायणी यातायातको ना ७ ख २४६ नम्वरको बस एक आपसमा ठोकिएको प्रहरिले जनाएको छ ।

बिहान लागेको हुस्सुका कारण सडक नदेखिएपछि बस एक आपसमा ठोकिएका हुन ।

घाईते मध्य १ जना को अबस्था चिन्ताजनक र अरुको सामान्य रहेको प्रहरिको भनाई छ । घाईतेहरुको लम्कि स्थित घोडाघोडी अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्