भक्तपुरमा किल्ला तोड्यो काँग्रेसले, मतान्तर पनि फराकिलो

काठमाडौं, १५ मंसिर । भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भडेल विजयी भएको छ । कांग्रेस उम्मेदवार कृष्णलाल भडेल १३ हजार ७४८ मत सहित प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार डीपी ढकालले ११ हजार २ सय १० मत पाएका छन् । नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत पाएका छन् ।

भक्तपुर क्षेत्रनम्बर २ कमा भडेल निर्वा्चित भएको औपचारिक घोषणा हुन भने बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्