भक्तपुरमा कांग्रेसको अग्रता

काठमाडौं, १५ मंसिर । प्रदेशसभा सदस्यअन्तर्गत भक्तपुर क्षेत्रनम्बर १ (क)मा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

चाँगुनारायण नगरपालिकाका १, २, ३, ४, ५, ६ र ७ नम्बर वडाको मतगणना सकिँदा कांग्रेस उम्मेदवार कृष्णलाल भडेल २ हजार ४ सय ३६ मतअन्तरले अगाडि आएको छ ।

कांग्रेस उम्मेदवार भडेलले १० हजार ३ सय ९५ र नेकपाका उम्मेदवार डीपी ढकालले ७ हजार ९ सय ५९ मत प्राप्त गरेका यसैगरी नेमकिपाका उम्मेदवार निरज लवजुले २ हजार २ सय ४७ मत पाएका छन् । यहाँका कूल मतदाता ४५ हजार १५ मध्ये ३२ हजार ३७ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्