कञ्चनपुरमा मतदान केन्द्रनजिकै दुइटा बाल्टी बम फेला
काठमाडौं, मंसिर १४ । प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहका लागि आज उपनिर्वाच चलिरहेको छ । विभिन्न जिल्लाका मतदानस्थलमा मतदाताले उत्साहजनकरुपमा मतदान गरिरहेका छन्।
मतदान शान्तिपूर्णरुपमा भइरहेको निर्वाचन आयोगले बताएपनि कतिपय जिल्लामा भने बम बिस्फोट गराएको छ । पोखराका ४ स्थान तथा दाङ, डोटी लगाएतका स्थानहरुमा बिस्फोट गराएको समाचार प्राप्त भइरहेका छन भने यता कञ्चनपुरको पुनर्वासमा पनि दुइटा बाल्टी बम फेला परेको छ
वडा नम्बर ३ मा भइरहेको मतदान केन्द्रनजिकै फेला परेको शंकास्पद वस्तु बाल्टी बम रहेको प्रहरीले पुष्टि गरेको हो ।
मतदान केन्द्र रहेको गोरखा आधारभूत विद्यालय रामबस्तीभन्दा करिब २०० मिटर पूर्वपट्टी सडक छेउमा रहेका दुइटा बाल्टी बम नेपाली सेनाले निष्क्रिय पारेको छ।
सडक छेउमा शंकास्पद वस्तु भेटिएपछि स्थानीय त्रसित भएका थिए । उक्त सडकमा सर्वसाधरणलाई हिँड्नसमेत रोक लगाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्